बागदरबारकै निर्माण शैलीमा महानगरको वडा भवन बन्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माणले तीब्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको हो । गएको मंसिर २८ गते महानगर दिवसको अवसरमा पारेर वडाध्यक्ष हीरालाल तण्डुकारले भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।
अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको थियो । यस अघि थापाथलीमा थियो ।
‘अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । अब आफ्नै भवनबाट सेवा दिन्छौँ । वडाध्यक्ष तण्डुकारले भने, ‘बर्षौँदेखिको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडाबासीका लागि खुशीको कुरा हो ।’
भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको छ ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा निर्माण हुने ४ तलाको भवन बागदरबारकै शैली र उचाइको हुनेछ । भवनको भित्री सुविधा आधुनिक हुनेछ । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको हुनेछ । यस तला सेवा प्रवाहका लागि प्रयोग हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष हुनेछन् । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष हुनेछ । यही तलामा ५० जना अट्ने सभा कक्षसमेत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण