झण्डै आधा शताब्दी जेल सजाय भोगेपछि जो निर्दोष साबित भए
न्यूयोर्क । अमेरिकाको ओक्लाहोमामा झन्डै आधा शताब्दीसम्म हत्या आरोपमा जेल सजाय भोगेका एक पुरुषलाई निर्दोष घोषित गरिएको छ । सन् १९७४ मा भएको एउटा हत्या मामिलामा ग्लेन सिमन्सले ४८ वर्षसम्म कारावासमा जीवन बिताएका थिए । अमेरिकी इतिहासको निर्दोष व्यक्तिले पाएको यो सबैभन्दा लामो सजाय हो । गएको जुलाईमा न्यायाधीशले नयाँ सुनवाईका लागि आदेश दिएपछि ७० वर्षिय सिमन्स अहिले आएर रिहा भए ।
सोमबार काउन्टी जिल्ला न्यायाधिवक्ताले उनलाई थुनामा राख्न पर्याप्त प्रमाण नभएको बताइन् । यसअघि ओक्लाहोमा काउन्टी जिल्लाका न्यायाधीश एमी पालुम्बोले सिमन्स निर्दोष भएको फैसला सुनाएकी थिइन् । सिमन्सलाई जुन अभियोग चलाएर जेलमा राखियो ती अपराध उनले नगरेको स्पष्ट र ठोस प्रमाण अदालतले पाएको पालुम्बोले फैसला सुनाउने क्रममा भनिन् । सन् १९७४ मा ओक्लाहोमा शहरको एउटा मदिरा पसलमा लुटपाटको बेलामा क्यारोलिन सु रोजर्स भन्ने व्यक्तिको हत्या मामिलामा सिमन्सले ४८ वर्ष एक महिना र १८ दिन जेल सजाय भोगे ।
निर्दोष भएर पनि जेल सजाय काटिएको अमेरिकी इतिहासको यो अहिलेसम्मकै धेरै अवधि हो । यो घटनामा सन् १९७५ मा सिमन्स र अर्का प्रतिवादी डन रबन्सले मृत्यु दण्डको सजाय पाए । यतिबेला सिमन्स जम्मा २२ वर्षका थिए । मृत्युदण्डबारे अमेरिकाको सर्वोच्च अदालतको फैसलाका कारण पछि यो सजायलाई घटाएर आजीवन कारावासमा झारियो । हत्याको बेलामा आफू लुइजियानास्थित घरमा रहेको सिमन्सको भनाइ थियो ।
लुटपाटका क्रममा टाउकोमा पछाडिबाट गोली लागेका एक किशोरले दिएको बयानका आधारमा सिमन्स र रोबर्टस्माथि अभियोग चलाइएको थियो । ती किशोरले प्रहरीले लहरै उभ्याएका मानिसहरूतर्फ फर्किएर आरोपीहरू पहिचान गर्ने क्रममा धेरै जनातर्फ औँला देखाएका थिए । रोबर्टस्लाई भने सन् २००८ मा रिहा गरिएको थियो । निर्दोष भएर पनि गल्तीले जेल सजाय भोग्नेहरुले ओक्लाहोमामा १ लाख ७५ हजार डलरसम्म क्षतिपूर्ति पाउन सक्छन् । सिमन्स अहिले कलेजोको क्यान्सरबाट पीडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण