दोस्रो बिहे गर्दैछन् अरबाज खान
नयाँ दिल्ली । बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् । ५६ वर्षका खान दोस्रो पटक बेहुला बन्न लागेका हुन् ।
खानले आफ्नी पूर्व पत्नी मलाइका अरोरासँग ६ वर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । यसपछि उनले केही वर्ष जर्जिया एन्ड्रियानीलाई डेट गरे । उनीसँग ब्रेकपछि खानले आफ्नो नयाँ प्रेमिका भेट्टाएका छन् ।
डिसेम्बर २४ मा शौरा खानसँग यिनको विवाह हुन लागेको बताइएको छ । शौरा सेलिब्रेटी मेकअप आर्टिष्ट हुन् । उनले बलिउडमा कयौं सेलिब्रेटसँग काम गरिरहेकी छिन् । रविना टन्डन र उनको छोरी राशाको मेकअप आर्टिष्ट पनि शौरा नै भएको बताइएको छ ।
कसरी भएको थियो भेट ?
अरबाज र शौराको पहिलो भेट अभिनेताको आगामी फिल्म पटना शुक्लाको सेटमा भएको थियो । दुवै जना एक अर्काको लागि निकै गम्भीर रहेको बताइएको छ ।
अरबाज पनि यो सम्बन्धलाई गुमाउन चाहँदैनन् । बिहे चाहिँ गोप्य तरिकाले हुने खबरहरू आइरहेका छ । बिहेमा बेहुला र बेहुलीको परिवारका सदस्य र नजिकका साथीभाइ मात्रै सामेल हुने बताइएको छ । शौरासँग अरबाजको यो दोस्रो बिहे हो ।
उनले सन् १९९८ मा अभिनेत्री मलाइका अरोरासँग बिहे गरेका थिए । तर बिहेको केही वर्षपछि दुवैको सम्बन्धमा दरार आयो । अरबाजका केही बानी मलाईकालाई मन परेको थिएन । एउटा अन्तरवार्तामा मलाइकाले अरबाजलाई लापरवाह मान्छे भनेकी थिइन् । दुरी बढ्दै गए पनि सन् २०१७ मा यिनीहरू अलग भए । यी दुवैको एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण