आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो बिहे गर्दैछन् अरबाज खान

बिहीबार, ०५ पुस २०८०, १३ : २०
बिहीबार, ०५ पुस २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् । ५६ वर्षका खान दोस्रो पटक बेहुला बन्न लागेका हुन् । 

खानले आफ्नी पूर्व पत्नी मलाइका अरोरासँग ६ वर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । यसपछि उनले केही वर्ष जर्जिया एन्ड्रियानीलाई डेट गरे । उनीसँग ब्रेकपछि खानले आफ्नो नयाँ प्रेमिका भेट्टाएका छन् । 

डिसेम्बर २४ मा शौरा खानसँग यिनको विवाह हुन लागेको बताइएको छ । शौरा सेलिब्रेटी मेकअप आर्टिष्ट हुन् । उनले बलिउडमा कयौं सेलिब्रेटसँग काम गरिरहेकी छिन् । रविना टन्डन र उनको छोरी राशाको मेकअप आर्टिष्ट पनि शौरा नै भएको बताइएको छ ।

कसरी भएको थियो भेट ?

अरबाज र शौराको पहिलो भेट अभिनेताको आगामी फिल्म पटना शुक्लाको सेटमा भएको थियो । दुवै जना एक अर्काको लागि निकै गम्भीर रहेको बताइएको छ । 

अरबाज पनि यो सम्बन्धलाई गुमाउन चाहँदैनन् । बिहे चाहिँ गोप्य तरिकाले हुने खबरहरू आइरहेका छ । बिहेमा बेहुला र बेहुलीको परिवारका सदस्य र नजिकका साथीभाइ मात्रै सामेल हुने बताइएको छ । शौरासँग अरबाजको यो दोस्रो बिहे हो ।

उनले सन् १९९८ मा अभिनेत्री मलाइका अरोरासँग बिहे गरेका थिए । तर बिहेको केही वर्षपछि दुवैको सम्बन्धमा दरार आयो । अरबाजका केही बानी मलाईकालाई मन परेको थिएन । एउटा अन्तरवार्तामा मलाइकाले अरबाजलाई लापरवाह मान्छे भनेकी थिइन् । दुरी बढ्दै गए पनि सन् २०१७ मा यिनीहरू अलग भए । यी दुवैको एक छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप