हरियाणाको मुर्रा पटनामा चर्चा बटुल्दै, मूल्य १० करोड भारु !
शुक्रबार, ०६ पुस २०८०, १० : ४०
काठमाडौँ । भारतको बिहार राज्यको राजधानी पटनामा पशुपालन व्यवसायसँग सम्बन्धित एउटा एक्सपो आयोजना भइरहेको छ । उक्त एक्सपोमा राखिएको मुर्रा जातको एउटा राँगो मुख्य आकर्षण बनेको छ ।
भोलु नाम गरेको उक्त राँगो हरियाणा राज्यबाट ल्याइएको हो । राँगोका मालिक नरेन्द्र सिंहलाई भारतका राष्ट्रपतिले पद्मश्री पुरस्कारसमेत प्रदान गरिसकेका छन् ।
सिंहका अनुसार त्यो राँगोका किन्नका लागि १० करोड भारु मूल्य प्रस्ताव भइसकेको छ । तर उनी यसलाई बेच्न मानिरहेका छैनन् । उनले ‘ब्रिडिङ’ का लागि राँगो पालेका हुन् ।
राँगोको खानपिनका लागि मासिक ५० देखि ६० हजार भारु खर्च हुने सिंह बताउँछन् । यो राँगोले प्रत्येक दिन ३० किलो घाँस, ७ किलो अन्न खान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण