यो साता सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदीको कति ?
काठमाडौँ । यो साता सुनको मूल्यमा ७ सय रुपैयाँको वृद्धि भएको छ । पुस १ गते प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँबाट कारोबार भएको छापावाला सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रवारसम्ममा ७ सय रुपैयाँले वृद्धि हुँदै १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् मङ्सिर २९ गते छापावाला सुन प्रतितोला १ लाख १९ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य समेत यो साता तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने यो साता तोलामा जम्मा १५ रुपैयाँले मात्र बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन मङ्सिर २९ गते (शुक्रवार) प्रतितोला एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भएकोमा यो साताको अन्तिम कारोबार दिन पुस ६ गते (शुक्रवार) प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण