आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो साता सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदीको कति ?

शुक्रबार, ०६ पुस २०८०, १२ : ३५
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । यो साता सुनको मूल्यमा ७ सय रुपैयाँको वृद्धि भएको छ । पुस १ गते प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँबाट कारोबार भएको छापावाला सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रवारसम्ममा ७ सय रुपैयाँले वृद्धि हुँदै १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् मङ्सिर २९ गते छापावाला सुन प्रतितोला १ लाख १९ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी तेजाबी सुनको मूल्य समेत यो साता तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १९ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने यो साता तोलामा जम्मा १५ रुपैयाँले मात्र बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन मङ्सिर २९ गते (शुक्रवार) प्रतितोला एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भएकोमा यो साताको अन्तिम कारोबार दिन पुस ६ गते (शुक्रवार) प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप