पेरूको अन्तर्राष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद
लिमा । पेरूको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।
राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत् इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ ।
विज्ञप्तिका अनुसार बरामद गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए ।
पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साईटिसमा सूचीबद्ध छन् ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ ।
इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रतिवर्ष २० अर्ब डलरसम्मको हुन्छ । परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ ।
साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ ।-(रासस/एएफपी )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण