विशेष अदालतका अध्यक्ष भन्छन्– कसैको दबाब र प्रभावमा पर्दैनौँ
काठमाडौँ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले कसैको दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्ने बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँगको भेटमा उनले भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा विशेष अदालतको भूमिका महत्त्वपूर्ण हुने भन्दै तथ्य र प्रमाणको आधारमा फैसला गर्ने प्रस्ट पारे ।
उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले केही समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरुलाई आग्रहसमेत गरे । समाचारमा ठुलो भ्रष्टाचार भएको भनेर समाचार आउने तर मिसिलमा त्यस्तो कुनै प्रमाण नहुने भएकाले कतिपय मुद्दामा बाहिर अपेक्षा गरिएजस्तो फैसला नआउने उनको भनाइ थियो ।
कुँवरले जानाजान अनियमित, ढिलासुस्ती, दबाब र प्रभावमा काम नगर्ने प्रतिबद्धतासमेत जनाए । अदालतले प्रमाणको आधारमा नै फैसला गर्ने भएकाले जनतामा गलत म्यासेज नजाओस् भन्नेमा पत्रकार जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
उनले भर्चुअल माध्यमबाट सुनुवाइको तयारी भइरहेको जानकारी दिँदै यसबाट विभिन्न जिल्लाबाट सुनुवाइका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण