शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष अदालतका अध्यक्ष भन्छन्– कसैको दबाब र प्रभावमा पर्दैनौँ

शुक्रबार, ०६ पुस २०८०, १६ : १८
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले कसैको दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्ने बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँगको भेटमा उनले भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा विशेष अदालतको भूमिका महत्त्वपूर्ण हुने भन्दै तथ्य र प्रमाणको आधारमा फैसला गर्ने प्रस्ट पारे ।

उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले केही समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरुलाई आग्रहसमेत गरे । समाचारमा ठुलो भ्रष्टाचार भएको भनेर समाचार आउने तर मिसिलमा त्यस्तो कुनै प्रमाण नहुने भएकाले कतिपय मुद्दामा बाहिर अपेक्षा गरिएजस्तो फैसला नआउने उनको भनाइ थियो ।

कुँवरले जानाजान अनियमित, ढिलासुस्ती, दबाब र प्रभावमा काम नगर्ने प्रतिबद्धतासमेत जनाए । अदालतले प्रमाणको आधारमा नै फैसला गर्ने भएकाले जनतामा गलत म्यासेज नजाओस् भन्नेमा पत्रकार जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

उनले भर्चुअल माध्यमबाट सुनुवाइको तयारी भइरहेको जानकारी दिँदै यसबाट विभिन्न जिल्लाबाट सुनुवाइका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप