शैलुङमा कविता यात्रा सम्पन्न, ‘स्रष्टा घर’ बनाइने

दोलखा । दोलखाको शैलुङमा आयोजना गरिएको शैलुङ सांस्कृतिक पर्यटनका लागि कविता यात्रा सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा कविता यात्रासँगै ‘स्रष्टा घर’ शिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यिक पत्रकार सङ्घको आयोजना तथा संयोजन एसएस फाउन्डेसन काठमाडौँ–८ शैलुङ र समाजसेवी शोभित उप्रेतीको सहयोगमा आयोजना गरिएको कविता यात्रामा कलाकार तथा साहित्यकारको सहभागिता रहेको थियो । श्रीबाबु कार्की, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, गायिका ऋतु कँडेललगायत सहभागी थिए । यही पुस ४ देखि ६ गतेसम्म भएको उक्त कार्यक्रममा साहित्यकारहरुले शैलुङको थुम्कामा उपस्थित भई आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ‘शैलुङ स्रष्टा घर’समेत शिलान्यास गरिएको छ । समाजसेवी उप्रेतीले साहित्यकारहरुको सम्मानमा लाखौँ मूल्यको जग्गा भवन बनाउन उपलब्ध गराएका हुन् । शैलुङको कालापानीमा शिलान्यास गरिएको उक्त भवन निर्माणपछि साहित्यकारका लागि उत्कृष्ट गन्तव्य हुने समाजसेवी उप्रेतीले बताए ।
शैलुङको डाँडामा बसेर साहित्यिक विधाको अध्ययन अवलोकनसँगै साहित्य सिर्जना गर्न सहज हुने वरिष्ठ कलाकार श्रेष्ठको भनाइ छ । शैलुङको पर्यटन विकासमा स्रष्टा घरबाट मद्दत पुग्ने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु