मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

सोमबार, ०२ असार २०८२, १२ : ०९
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ। हात्ती बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएको हो।
  • मृत फेला परेको हात्ती ५ देखि ७ वर्षको भाले हात्ती रहेको अनुमान गरिएको छ। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन।
  • जिल्ला वन कार्यलय सुनसरी र कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।

धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप