अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
सोमबार, ०२ असार २०८२, ०९ : १७

धनगढी । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कुमा गएराति चट्याङ लाग्दा तीनवटा बाख्राको मृत्यु भएको छ। यस्तै एक महिला सामान्य घाइते भएकी छिन्।
प्रहरीलाई प्राप्त जानकारी अनुसार राति करिब २ बजेतिर स्थानीय हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्दा घरको गोठमा बाँधिएका तीनवटा बाख्रा घटनास्थलमै मरेका हुन्। सो चट्याङको असरले बोगटीकी श्रीमती अन्दाजी २५ बर्षीया की चन्द्रकला बोगटीको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) पदम सिंह साउदको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। असिना र चट्याङसहितको खराब मौसमका कारण स्थानीयवासीमा त्रास फैलिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?