पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
सारांश
- चलचित्र विकास बोर्डले २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ।
- बोर्डले न्यूनतम रु पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्मातालाई सम्मान गर्न लागेको हो।
- निर्माताले कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्नेछ र असार १६ गते सम्मान प्रदान गरिनेछ।
काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको वर्ष विसं २०५७ असार १६ देखि विसं २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्रका निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।
‘बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान गर्ने छौँ । यसका लागि न्यूनतम रु पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्माताले प्रमाण खुल्ने कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने छ । व्यक्तिगत लगानीबाट चलचित्र क्षेत्रलाई योगदान पुरयाएकालाई यस कार्यले हौसला मिल्ने हाम्रो विश्वास छ’, उनले भने ।
उनले निवेदनसँगै सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजपत्र पेस गर्नुपर्ने बताए । अध्यक्ष डिसीका अनुसार आगामी असार १६ गते उक्त सम्मान प्रदानसँगै ‘रियल टाइम बक्सअफिस’को सुरुआत, बोर्डका सेवालाई अनलाइनबाट प्रदान गर्ने लगायतका कार्य सुरुवात गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण