बाघको आक्रमणबाट बालकको मृत्यु
शनिबार, ०७ पुस २०८०, १६ : ०३
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शनिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०/११ वर्षका छोरा सुमित थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको अर्यालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण