मनिष सुमन उपनेता चयन
शनिबार, ०७ पुस २०८०, १६ : ३२
धनुषा । जनता समाजवादी पार्टी मधेश प्रदेशको प्रदेशसभा संसदीय दलको उपनेतामा मनिष सुमन चयन भएका छन् । जसपाका नेता एवम् मधेश प्रदशेका मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शुक्रवार बसेको संसदीय दलको बैठकले सुमनलाई उपनेतामा चयन गरेको हो ।
जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता समेत रहेका सुमन प्रदेश सभामा समानुपातिक सदस्य छन् । नेपाल सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका सुमन राजपा हुँदै जसपासम्म पुगेका हुन् ।
उनले २०७४ को चुनावमा सप्तरीबाट प्रदेशसभा सदस्यका लागि चुनाव जितेका थिए । २०७९ मा उनी समानुपातिकबाट प्रदेशसभामा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
-
मुम्बईमा भारी वर्षाबिच भवन भत्किँदा ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण