बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मह जोडी’ र प्रकाश सपुतको कार्यक्रम आज लन्डनमा

शनिबार, ०७ पुस २०८०, १८ : ३३
शनिबार, ०७ पुस २०८०

लन्डन । ‘मह जोडी टुर २०२३’ को सिलसिलामा बेलायत आइपुगेका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा चर्चित कलाकार प्रकाश सपूतबाट शनिबार अपराह्न ह्यारो लिजर सेन्टर, ह्यारोमा भव्य प्रस्तुति हुने आयोजकले जनाएका छन् ।

द गोर्खा सेन्टरद्वारा शुक्रबार बेलुका आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ कलाकारद्वयले  बेलायतस्थित नेपाली समुदायसँग साक्षात्कार गर्न आफूहरू आतुर रहेको बताए। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने, ‘बेलायतको नेपाली समुदायप्रति हाम्रो उच्च सम्मान छ । हाम्रो कार्यक्रमहरूमा आउनुस् है ।’

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले भने- बेलायतका नेपालीमाझ झन्डै एक दशकपछि फेरि आएका छौँ । कृपया आफूलाई पायक पर्ने भेन्युमा आउनुस् । हामीसँग स्पेसल प्याकेज छ ।’

कार्यक्रम आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सीईओ भीम तामाङले तयारी करिब करिब पुरा भएको बताए । “हामीले दर्शक तथा नेपाली संघसंस्थाहरुबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौँ।’

नेपाली कला क्षेत्रका लिजेन्ड मह जोडीको सम्मान स्वरूप पनि कमसेकम १,५०० दर्शक शनिबार ह्यारो लिजर सेन्टरमा कार्यक्रम हेर्न आउने अपेक्षा आफूहरूले गरेको उनले बताए।

मह जोडी टुर अन्तर्गत पहिलो कार्यक्रम आज शनिबार (२३ डिसेम्बर) अपराह्न ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोस्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपराह्न ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप