गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी
आइतबार, ०८ पुस २०८०, १० : १९
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् । उपमेयर रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पार्किङ गरेको ठाउँमा उनी चढ्ने बोलेरो गाडी जलेको अवस्थामा भेटिएको हो । प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण