निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु
आइतबार, ०८ पुस २०८०, १२ : ४२
मानागुवा । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए ।
करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो । मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।”
माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण