आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

उद्योगहरूको विद्युत् काटेकोमा ओलीको असन्तुष्टि

आइतबार, ०८ पुस २०८०, १४ : ०४
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताए ।

‘डेडिकेटेड लाइन जोडेको छ विद्युत् दिएको छैन भने के को पैसा लिने ? उद्योगी व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने ?’, अध्यक्ष ओलीले भने, ‘खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ तर सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप