प्रहरीको सहयोगमा यमुनामाईका प्रमुख प्रशासकीय अधिकृत हाजिर
रौतहट । यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ओमप्रकाश यादव आइतबार हाजिर भएका छन् । उनी प्रहरीको सुरक्षा लिएर पालिकामा हाजिर भएका हुन् ।
गत मङ्सिर २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यमुनामाईको प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको ठाउँमा ओम प्रकाश यादवलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयको पत्रसहित हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले हाजिर नगराउने भन्दै मन्त्रालयको नाउँमा पत्र दिएर यादवलाई फिर्ता पठाएका थिए ।
त्यसपछि यादवले उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा लिखित उजुरी दिएका थिए । अदालतको आदेशपछि आइतबार कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयको मुख्य गेटमा बसेर अवरोध गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन नदिन जनप्रतिनिधि र उनीहरुका समर्थक धर्नामा बसेपछि प्रहरीले सुरक्षा दिएर उनलाई कार्यालयमा प्रवेश गराएको हो ।
उता दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आइतबार परमानन्द ठाकुर हाजिर भएका छन् । ठाकुरलाई पालिका प्रमुख शम्भु सिंहले स्वागत तथा सम्मान गर्दै प्रमुखको रुपमा हाजिर गराएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिरहेको कारण यमुनामाई गाउँपालिका जस्तै बृन्दाबन नगरपालिका र फतुवा विजापुर नगरपालिकामा जनप्रतिनिधिबिच लामो समयदेखि विवाद देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण