म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत सेयर किन्न तयार भए बेलायती अर्बपति जिम
काठमाडौँ । बेलयातका अर्बपति ब्यापारी सर जिम र्याटक्लिफले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५प्रतिशत सेयर खरिद गर्ने भएका छन् । उनले म्यानचेस्टर युनाइटेडको करिब एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको सेयर खरिद गर्न लागेका हुन् ।
जिम रासायन उद्योग कम्पनी इनोसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । उक्त सम्झौतापछि ७१ वर्षीय जिमको इनोस समूहले म्यानचेस्टर युनाइटेडको फुटबल ब्यवस्थापलाई सञ्चालन गर्ने समाचारमा जनाइएको छ ।
यसका अतिरिक्त जिमले तीन सय मिलियन अमेरिकी डलर म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड स्टेडियममा पनि लगानी गर्ने भएको छ । म्यानचेस्टर युनाइटेडका मालिक ग्लाजर परिवारले करिब १३ महिनाअघि क्लबको सेयर बिक्री गर्न चाहेको सार्वजनिक रुपमा घोषणा गरेका थिए ।
अमेरिकाको ग्लाजर परिवारले सन् २००५ मा सात सय ९० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड क्लब खरिद गरेको थियो । यसअघि गत अक्टोबरमा कतारका बैंकर शेख जासिम बिन अमाद अल थानीले म्यानचेस्टर युनाइटेडको सबै सेयर किन्न आफू तयार रहेको बताएका थिए । तर, उनले यसमा कुनै पहल भने गरेनन् ।
म्यानचेस्टर युनाइटेडले ब्यवसायीक फुटबलमा लामो समयदेखि गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । सन् २०१३ देखि म्याचनेस्टर युनाइटेडले प्रिमियर लिगको उपाधि पनि चुम्न सकेको छैन । यो सिजन पनि म्यानचेस्टर युनाइटेडको प्रदर्शन निकै निराशाजनक देखिएको छ । जिमले यसअघि अर्को इङ्लिस क्लब चेल्सीलाई किन्ने योजना बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण