‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलरमा प्रेम, बिछोड र वेदना
काठमाडौँ । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ ।
पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिशा रसाइली अभिनयमा डेब्यु गर्दैछन् ।
दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यो फिल्ममा पनि नयाँ अनुहारलाई डेब्यु गराएका छन् । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । पर्खी बसेँ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।
फिल्ममा आकाशले पठायो चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् । निर्माता बुढाथोकीले फिल्म प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण रहेको बताए । उनले स–परिवार हेरेर मनोरञ्जन लिन सक्ने फिल्मले अहिलेको पुस्ताको प्रेम कथा पनि देखाउने सुनाए ।
रोमन फिल्म र तपश्री फिल्मस (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
नेपालसँगै सिक्किमको रमणीय दृश्य समेटिएको फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण