शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रो क्लब च्याम्पियनसिप : उत्तर प्रदेशले वन्डरर्सलाई दियो ११५ रनको लक्ष्य

मङ्गलबार, १० पुस २०८०, ११ : १४
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा दुई भारतीय क्लबबिच भिडन्त हुँदैछ । भारतको उत्तर प्रदेश क्लब–११ ले नोयडास्थित वन्डरर्स क्लबलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको उत्तर प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १४ रन बनाएको हो । जारी प्रतियोगितामा आफ्नो पाँचौँ खेल खेलिरहेको उत्तर प्रदेशले एक खेल पनि जित्न सकेको छैन ।

उत्तर प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । चौथो खेल खेलिरहेको वन्डरर्सले भने यसअघि एक खेलमा जित हात पारेको छ । मंगलबारको खेलमा विजयी भए वन्डरर्सले सेमिफाइनल प्रवेशको सम्भावना जिवित राख्नेछ ।

वन्डरर्सविरुद्धको खेलमा उत्तर प्रदेशका लागि जयदीप सिंहले सर्वाधिक २३ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका जयदीपले ३२ बलमा तीन चौका पनि हिर्काए । ओपनर अल्तमास आलमले पनि टोलीको खातामा १६ रन थपेका थिए । उनले १३ बलमा तीन चौका हिर्काए ।

कप्तानसमेत रहेका अर्का ओपनर साहिम हसन एक रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान फरदिन अलीले भने टोलीको खातामा १५ रन थपे । उनले २० बलमा एक चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान शुभम चौधरीले सात रन बनाए ।

यसैगरी समिर अन्सारीले २४ र निखिल प्रतापले दुई रन बनाए । समिरले १८ बलमा एक छक्का र तीन चौका पनि हिर्काएका थिए । तरुण कुमारले चार र भीम शर्माले नौ रन जोडे । उत्तर प्रदेशको टोलीले अतिक्ति रुपमा पनि १३ रन पाएको थियो । वान्डरर्सका बलर सञ्जिव चतुर्वेदी र सशांक शेखरले दुई–दुई विकेट लिए । अलिप्त गुप्ता र हर्षित सेठीले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप