नमोबुद्धका पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु
मङ्गलबार, १० पुस २०८०, १३ : ५३
काभ्रे । नमोबुद्ध नगरपालिका–१ का पूर्व वडा अध्यक्षको निसास्सिएर मृत्यु भएको छ । गएराति हिटर बालेर सुतेका ८१ वर्षीय कर्मग्याल्बो लामा अचेत भएपछि परिवारले उनलाई उपचारका लागी धुलिखेल अस्पतालमा ल्याएका हुन् । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (डिएसपी) राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
उनकी पत्नी असनी माया लामा बेहोस छिन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बिहान अबेरसम्म नउठेपछि छोरा बुहारीले ढोका खोल्दा दुवै जना बेहोस अवस्थामा भेटिएको बताइएको छ । लामा दम्पती हिटर र फलामको कराइमा आगो बालेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण