सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । कास्की र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सडकमा बा.१३ च ३७२१ नम्बरको कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ ।
बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भई हाल पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र सनाखत नभएका अर्का अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैबीच कपिलवस्तुको यशोधरा गाउँपालिका-५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-५ बभनी बस्ने १५ वर्षीय रमन यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण