२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु
मङ्गलबार, १० पुस २०८०, १६ : ५४
काठमाडौं । रुपन्देही र मोरङमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ अमारीस्थित सार्वजानिक पोखरीमा सोही ठाउँ बस्ने ७५ वर्षीया अनारकली देवी गोसाई सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-६ बस्ने ४२ वर्षीय मन्सा चौधरी पनि सुन्दरहरैचा नगरपालिका-११ भुटाई टोलस्थित भुल्के खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच कविलवस्तुको महाराजगंज नगरपालिका-९ तेनुई बस्ने १० वर्षीय रजिन्द्र पासीको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण