राष्ट्रियसभा निर्वाचन : उम्मेदवार छान्न कांग्रेस कर्णालीले दियो केन्द्रलाई जिम्मा
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले राष्ट्रिय सभाको लागि उम्मेदवार छनोटको जिम्मेवारी केन्द्रलाई नै दिएको छ । यसअघि पार्टी केन्द्रले जिल्लाबाट आएका नामहरूमा छलफल गरी उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश समितिलाई भनेको थियो ।
सोमबार र मंगलबार बसेको प्रदेश कमिटीको बैठकले जिल्लाबाट आएका नामहरूलाई केन्द्रले नै टुङ्ग्याउने गरी पठाउने निर्णय गरेको कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले रातोपाटीलाई जानकारी दिए ।
माघ ११ गते हुने राष्ट्रियसभाका लागि कर्णालीबाट हाईप्रोफाइल नेताहरुनै आकांक्षी छन् । गठबन्धन अनुसार गएको खण्डमा कर्णालीमा कांग्रेसको भागमा एक उम्मेदवार पाउने छ । कर्णालीबाट तीन सिटका लागि प्रतिस्पर्धा हुने छ ।
प्रदेश समितिले पार्टीका तर्फबाट वरिष्ठता, निरन्तरता, अहिलेसम्म अवसर प्राप्त नगरेका, कुनै महत्त्वपूर्ण भूमिका प्रदान नगरेका जिल्लालाई उच्च प्राथमिकता राखेर केन्द्रीय पार्टीले निर्णय गर्न अनुरोध समेत गरेको छ ।
स्रोतका अनुसार हुम्लाबाट उम्मेदवारको आकांक्षीको नाम आएको छैन । प्रदेश सभापति ललितजंग शाहीको पनि राष्ट्रियसभाको उम्मेदवारका लागि जिल्लाबाट आएको थियो । तर, सभापति शाहीले अरूलाई अवसर दिने भन्दै आफ्नो नाम हटाएका छन् ।
साथै बैठकले कांग्रेस कर्णाली प्रदेशको प्रथम सम्मेलन चैत्र महिनाभित्र सम्पन्न गर्ने पनि निर्णय गरेको छ । सम्मेलनको तयारीका लागि पदाधिकारी बैठकबाट आवश्यक निर्णय लिने जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण