राष्ट्रसङ्घीय खाद्य निकायद्वारा अफगानिस्तानका लागि सहायता कटौतीको घोषणा
मस्को । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको खामा प्रेसले बताएको छ ।
सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण करिब एक करोड मानिसलाई खाद्य सहायता घटाउन बाध्य हुनुपरेको बताएको छ । साथै उसले अन्तर्राष्ट्रिय निकायहरूसँग हालको जाडोमा अफगानिस्तानका जनतालाई सहयोग गर्न आह्वानसमेत गरेको छ । डब्लुएफपीले अफगानहरूलाई पहिलाभन्दा धेरै सहयोगको आवश्यकता रहेकामा जोड दिएको छ ।
खामा प्रेसको रिपोर्टअनुसार विश्वको सबैभन्दा खराब खाद्य असुरक्षा भएका आठ मुलुकमध्ये अफगानिस्तान पनि एउटा रहेको उक्त सङ्गठनले जनाएको छ । अफगानिस्तानका जनता अहिलेको चिसो मौसमको सुरुआतबाट नराम्रोसँग प्रभावित भएको पनि उसले बताएको छ ।
यसैबिच युरोपेली युनियन (इयु) ले अफगानिस्तानमा खाँचोमा परेकालाई सहयोगका लागि दुई करोड ५० लाख युरो सहयोग गरेको डब्लुएफपीले घोषणा गरेको थियो ।
खामा प्रेसका अनुसार शासन परिवर्तन, आप्रवासीहरूलाई निर्वासित गर्ने सङ्कट, मुलुकमा हालै गएको भूकम्प, पानीको कमी, जलवायु परिवर्तन र हालैको खडेरीका कारण अफगानिस्तानमा गरिबी बढेको छ र विशेषरूपमा महिला र बालबालिकाहरूमा नकारात्मक असर परेको छ । यसले अफगानिस्तानमा आवश्यकताको स्तरमा वृद्धि भएको छ ।
टोलो न्युजको रिपोर्टअनुसार अफगानिस्तानमा बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले एक रिपोर्टमा मुलुकमा बालबालिका गम्भीर उल्लङ्घनका लागि उच्च जोखिममा रहेको बताए ।
अफगानिस्तानस्थित खामा प्रेसका अनुसार यसअघि मानवीय सहायता समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले इयुले अफगानिस्तानको मानवीय सहायतामा ३० लाख युरो सहयोग गरेको बताएको थियो । ओसिएचएका अनुसार इयुले प्रदान गरेको कोषले सहायता एजेन्सीहरूलाई सम्पूर्ण अफगानिस्तानमा खाँचोमा परेका लाखौँलाई आवश्यक सहायता र सुरक्षा दिन सक्षम बनाउने छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण