नयाँ रेकर्ड बनाउँदै प्रभास
हैदरावाद । बाहुबलीपछि दक्षिण भारतीय अभिनेता प्रभासको करियर आकाशिएको थियो । विश्वभर नै उनको फ्यान फलोइङ बढ्न थाले ।
बाहुबली अल टाइम ब्लकबष्टर फिल्म बन्यो । यसपछि उनले आफ्नो फिस पनि बढाइदिए । २२ वर्षको फिल्मी करियरमा प्रभासको पोल्टामा हिटभन्दा धेरै फ्लप फिल्म थिए ।
बाहुबली यता त उनले झन् एउटै हिट दिन सकेनन् । कतिले उनको करियर अब डुब्यो समेत भनिदिए । यस्तोमा सालारले उनको डुब्नै लागेको करियरको डुंगालाई किनारा लगाइदिएको छ । सालार हिट भएसँगै प्रभसले अर्को रेकर्ड पनि आफ्नो नाममा बनाएका थिए ।
दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म सालारले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । पहिलो दिनमै सय करोड भारु भन्दा धेरै कमाउने सालार प्रभासको चौथो फिल्म हो । सालारले वर्ल्डवाइड बक्स अफिसमा पहिलो दिन १७८ करोड भारु कमाएको थियो । यस्तो रेकर्ड दक्षिण भारतीय फिल्म उद्योगका सूर्या, धनुष, थलपति विजयजस्ता स्टारहरुले समेत बनाउन सकेका छैनन् ।
बाहुबलीको दुबै भाग रिलिज भएलगत्तै प्रभासको लोकप्रियता बढेको थियो । उनको आगामी फिल्मप्रति दर्शकहरुले निकै आशा गरेका थिए । तर निकै आशा गरिएको आदिपुरुषले दर्शकहरुलाई निराश बनायो ।
सालारको साथमा प्रभासले आफ्नो धमाकेदार पुनरागमन गरेका छन् । दर्शकहरुले पनि यो फिल्मलाई निकै माया दिइरहेका छन् । सालार उत्तर अमेरिकामा सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म बनेको छ ।
खबरहरुका अनुसार फिल्मले पहिला सप्ताहन्तमा उत्तर अमेरिकामा ५० लाख डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा ५० लाख डलर कमाउने यो प्रभासको तेस्रो फिल्म हो ।
यस अघि बाहुबली १ र २ ले पनि यती नै कमाइ गरेको थियो । विदेशमा मात्रै होइन भारतमा पनि सालारको कमाई धमाकेदार छ । दक्षिण भारतमा मात्रै नभएर भारतीय बेल्टमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण