‘दुई कदम’को हङकङमा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘दुई कदम’ गत मंसिर २९ गतेबाट नेपालमा प्रदर्शनमा आएको थियो । नेपाल प्रदर्शनमा राम्रो दर्शक पाउन नसकेको फिल्म ‘दुई कदम’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रदर्शन हुन लागेको हो ।
फिल्मको प्रदर्शनमा सहभागी हुन अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छन् । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा शोको आयोजना गरिएको छ ।
उदय सुब्बा निर्देशित फिल्ममा इओन लिम्बु, सिमोन गिरीको अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा लगायतको अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले नृत्य गरेका छन् ।
अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा पनि छायाङ्कन भएको छ ।
फिल्ममा विक्रम डिसीको छायाङ्कन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण