२५ औँ पोखरा सडक महोत्सव सुरु, तस्बिरहरु
- नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरुवात गरेको हो।
सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेका थिए। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ। महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक साङ्गीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरुले आफ्ना पकवानहरू पस्किने गरेका छन् ।
महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पङ्गेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइभल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्।
महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र 'नोस्टाल्जिक-थ्री'सँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ। ।
_BXCQY2VnzC.jpg)
_sQxWCVVF6g.jpg)
_g4tHG6QSS2.jpg)
_ASxg4NoH0y.jpg)
_m4Spa8egSC.jpg)
_NsLmxpefS2.jpg)
_iIplmTP5Ib.jpg)
_bNWBdgLWW5.jpg)
_L6S66AV4BW.jpg)
_vfuSHJikS2.jpg)
_g9Qw17FvBu.jpg)
_ZAqurM6BEt.jpg)
_kpdztueOJb.jpg)
_OXTzMhA74S.jpg)
_d4ky8JUFkG.jpg)
_CzfEfNAyTf.jpg)
_R6D0NC7rRw.jpg)
_IiCdA0iDCP.jpg)
_2f49VG2zuP.jpg)
_0sZSfvfLgh.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण