सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक जना पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । सो भिडियो लाखौँले हेरेका छन् । गल्लीमा एक्लै देखेपछि पुरुषले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।
पीडितले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएकी छन् । पीडितको निवेदनको आधारमा घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) गौतम मिश्रले रातोपाटीलाई बताए । उनले भने-‘पीडितले निवेदन दिनुभएको छ, त्यसबारे हाम्रो टोलीले अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण