साओमीको पहिलो विद्युतीय कार सार्वजनिक

बेजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले एसयू७ सेडान लञ्च गरेको हो ।
विश्वको शीर्ष पाँच अटो निर्माता कम्पनी बन्ने लक्ष्यसहित कम्पनी अटो बजारमा छिरेको छ । विश्वको विद्युतीय सवारी साधन बजारमा प्रतिस्पर्धा चर्किएकै समयमा कम्पनीले ईभी निर्माणमा हात हालेको छ ।
अहिले विद्युतीय सवारी साधन बनाउने कम्पनीले मात्रै होइन, परम्परागत अटो निर्माताहरुले पनि विद्युतीय कारमा व्यापक लगानी गरिरहेका छन् । विश्वको आर्थिक वृद्धिदर सुस्ताइरहेको समयमा बजारमा विद्युतीय कारको उत्पादन मागभन्दा धेरै भएर कम्पनीहरुलाई कार बेच्न समस्या छ । केहीअघि त विक्री बढाउन कम्पनीहरुमाझ आफ्ना उत्पादनको मूल्य घटाउने होडबाजी नै चलेको थियो । ‘आगामी १५ देखि २० वर्षको अवधिमा अथक मिहेनत गरेर हामी विश्वको शीर्ष ५ अटो निर्माता बन्नेछौँ, चीनको समग्र अटो उद्योगलाई उकास्नछौं,’ साओमीका प्रमुख कार्यकारी लेई जुनले कार अनावरण गर्न आयोजित समारोहामा भनेका थिए ।
कम्पनीले यही नोभेम्बरमा घरेलु बजारमा ईभी विक्रीका लागि अनुमति माग्दै आवेदन दिएको थियो । साओमीको कार बनाउने एकाईले सामाजिक सञ्जाल वेइबोमा साओमी एसयू७ को नौ वटा तस्बिर पनि शेयर गरेको छ । तस्बिरमा निलो साओमी एसयू७ छ । कारको थप विवरणहरु भने सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी