साओमीको पहिलो विद्युतीय कार सार्वजनिक
बेजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले एसयू७ सेडान लञ्च गरेको हो ।
विश्वको शीर्ष पाँच अटो निर्माता कम्पनी बन्ने लक्ष्यसहित कम्पनी अटो बजारमा छिरेको छ । विश्वको विद्युतीय सवारी साधन बजारमा प्रतिस्पर्धा चर्किएकै समयमा कम्पनीले ईभी निर्माणमा हात हालेको छ ।
अहिले विद्युतीय सवारी साधन बनाउने कम्पनीले मात्रै होइन, परम्परागत अटो निर्माताहरुले पनि विद्युतीय कारमा व्यापक लगानी गरिरहेका छन् । विश्वको आर्थिक वृद्धिदर सुस्ताइरहेको समयमा बजारमा विद्युतीय कारको उत्पादन मागभन्दा धेरै भएर कम्पनीहरुलाई कार बेच्न समस्या छ । केहीअघि त विक्री बढाउन कम्पनीहरुमाझ आफ्ना उत्पादनको मूल्य घटाउने होडबाजी नै चलेको थियो । ‘आगामी १५ देखि २० वर्षको अवधिमा अथक मिहेनत गरेर हामी विश्वको शीर्ष ५ अटो निर्माता बन्नेछौँ, चीनको समग्र अटो उद्योगलाई उकास्नछौं,’ साओमीका प्रमुख कार्यकारी लेई जुनले कार अनावरण गर्न आयोजित समारोहामा भनेका थिए ।
कम्पनीले यही नोभेम्बरमा घरेलु बजारमा ईभी विक्रीका लागि अनुमति माग्दै आवेदन दिएको थियो । साओमीको कार बनाउने एकाईले सामाजिक सञ्जाल वेइबोमा साओमी एसयू७ को नौ वटा तस्बिर पनि शेयर गरेको छ । तस्बिरमा निलो साओमी एसयू७ छ । कारको थप विवरणहरु भने सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण