त्रिविमा राजनीतिक भागबण्डा अन्त्यका लागि अनेरास्ववियुले थाल्यो आन्दोलन
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डाका विरुद्ध आन्दोलन थालेको छ । अनेरास्ववियु जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डाविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलन थालेको हो ।
प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज गर्नुपर्ने, बोर्ड अफ ट्रस्टीजमार्फत विश्वविद्यालय सञ्चालन गर्नुपर्ने, र राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै अनेरास्ववियुले आन्दोलन थालेको हो ।
बिहीबार त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ब्यानर राखेर विरोध सुरु गरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । त्रिविमा त्यसका विरुद्धमा दबाब दिन हस्ताक्षर समेत संकलन थालेको छ । सबै क्याम्पसहरूमा हस्ताक्षर संकलन गरेर आइतबार प्रधानमन्त्री र शिक्षा मन्त्रीसमक्ष पेस गरिने बडालले बताए । त्यसपछि बेवास्ता गरिए थप संघर्षका कार्यक्रम घोषणा गरिने अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले जनाएको छ ।
अनेरास्ववियुले त्रिविमा हुने राजनीतिक भागबण्डा अन्त्यको माग लामो समयदेखि राख्दै आएको छ । बोर्ड अफ ट्रष्टीजमार्फत त्रिवि चलाउनुपर्ने र त्यही मार्फत नियुक्ति गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण