सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबिच झडप
मलङ्गवा । मिटर ब्याज पीडित सङ्घर्ष समिति सर्लाहीका एक सदस्यलाई प्रहरीले पक्राउ गरेपछि यहाँ तनाव उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको टोलीले सङ्घर्ष समितिका सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर निवासी फतमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
प्रहरीले खातुनलाई पक्राउ गरेपछि मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो । जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड आश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि मिटरब्याज पीडितले प्रशासन कार्यालय सर्लाही अगाडी टायर बालेर प्रदर्शन गरेका थिए । अहिले उनीहरु कृषि ज्ञान केन्द्र अगाडि सडक अवरोध गरेर बसेका छन् ।
गत मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित र साहुकारबीच छलफलको क्रममा साहुकारलाई फतमाले कुटपिट गर्नथालेपछि प्रहरी सहायक हबल्दार सीता कार्की छुट्याउन जाँदा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन् । प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाएको छ ।
सोही मुद्दामा फतमालाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी केहीदिन देखि लुकीछिपि बस्दै आएकी थिइन् । तर आज दिउँसो उनी पक्राउ परेपछि तनाव भएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रहरीलाई कुटपिट गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी तैयब मन्सुरलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण