भारतीय विदेशमन्त्री जयशंकरसँग को-को आउँदैछन् नेपाल ?
काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन् । उनीसँग भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तरर्गत सीमा व्यवस्थापन हेर्न अधिकारीहरू पनि आउने भएका हुन् ।
भारतीय वायुसेनाको विशेष विमानबाट उनीहरु १९ गते बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।
विदेशमन्त्री जयशंकारको स्वागतका लागि विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्त जाने बताइएको छ ।
त्यही दिन परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुको साथै नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् ।
पुस २० गतेसम्म नेपालमा रहने मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलागयतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै उनले अन्य नेता, सांसदलगायतसँग परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रि भोजमा सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
मन्त्री जयशंकरको यो भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा हस्ताक्षर हुने तयारी भइरहेको छ । भैरहवा एयरपोर्टबाट भारतका लागि पनि उडान गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण