शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो : सुदेश पराजुली

शुक्रबार, १३ पुस २०८०, १५ : ५८
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदेश पराजुलीले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएका छन् । 

शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फाराम भर्ना नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । मृत्युपछि उनले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरे । 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै  पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए । उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको दाबी गरे ।  युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।

नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप