गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो : सुदेश पराजुली
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदेश पराजुलीले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएका छन् ।
शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फाराम भर्ना नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । मृत्युपछि उनले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरे ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए । उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको दाबी गरे । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।
नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण