शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

माइतीघर निषेधाज्ञा : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

शुक्रबार, १३ पुस २०८०, १६ : ०३
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

दर्ता रिटमा न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको शुक्रबारको संयुक्त इजलासले माग बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप