'सिप बिल्डिङ'वालालाई ईपीएस परीक्षाका लागि आवेदन आह्वान, पुस १६ गतेदेखि फाराम भर्नुपर्ने
काठमाडौँ । ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने ईपीएस कोरिया शाखाले शुक्रबार अबेर सूचनामार्फत जनाएको छ ।
सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो। चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो।
अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो। यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो। त्यसपछि उनीहरूले आज आवेदन फाराम भर्न निवेदन दिएका थिए। ती बाहेककाले आन्दोलन गर्ने क्रममा दुई जनाको मृत्यु भएको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण