शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्लो ओभर रेटका कारण भारतलाई जरिवाना, विश्व टेस्ट च्याम्पियनसिपमा छैटौँ स्थानमा खस्कियो

शनिबार, १४ पुस २०८०, ०७ : १४
शनिबार, १४ पुस २०८०

केपटाउन । सेन्चुरियनमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा स्लो ओभर रेटका कारण भारतीय क्रिकेट टोलीलाई जरिवाना गरिएको छ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा दुई ओभर कम बलिङ गरेको कारण रोहित शर्माको टोलीलाई आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) बाट २ अङ्क काटिएको छ भने टोलीलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि गरिएको छ ।

भारत लक्ष्यभन्दा दुई ओभर ढिलो भएपछि इमिरेट्स आईसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका क्रिस ब्रोडले जरिवानाको निर्णय दिएका थिए। यो जरिवाना आईसीसीको आचार संहिताको धारा २.२२ अनुसार लगाइएको हो। यो न्यूनतम ओभर रेटसँग सम्बन्धित छ। यसमा खेलाडीले निर्धारित समयमा बलिङ गर्न नसकेमा प्रत्येक ओभरको म्याच शुल्कको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

स्लो ओभर रेटका कारण अङ्क काटिएपछि डब्लुटीसी अङ्क तालिकामा भारतको स्थिति कमजोर भयो। दक्षिण अफ्रिकासँगको हारपछि भारतीय टोली १६ अङ्कसहित पाँचौँ स्थानमा रहेको थियो । अङ्क घटाएपछि १४ अङ्क बाँकी रहँदै टोली छैटौँ स्थानमा झरेको छ ।

सेन्चुरियन टेस्टमा भारत तेस्रो दिन एक इनिङ्स र ३२ रनले पराजित भएको छ । पहिलो टेस्ट जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो र अन्तिम टेस्ट ३ जनवरी २०२४ देखि केप टाउनमा हुनेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप