छोराको कुटपिटबाट आमाको मृत्यु
शनिबार, १४ पुस २०८०, ०९ : ५३
दोलखा । घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए ।
कुटपिटपछि उनी भोलिपल्ट घर छाडेर हिँडेका थिए । सोही साँझ ५ः३० बजे कृष्णमाया आफ्नै घरको ढोका अगाडि मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको आँखामुनि नीलडाम रहेको पाइएको छ ।
कुटपिट गर्ने दीपक भने फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण