बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा बस ट्रकसँग ठोक्कियो, एक जनाको मृत्यु

शनिबार, १४ पुस २०८०, १८ : ४९
शनिबार, १४ पुस २०८०

बुटवल । कपिलवस्तुमा बस ट्रकसँग ठोक्किँदा  १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्  ।

हेटौँडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किँदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको हो । 

बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी घाइते भएका छन् । उनीहरूको  बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना  सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप