शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पाँचौँ सडक खाना महोत्सव सुरु

शनिबार, १४ पुस २०८०, २१ : १२
शनिबार, १४ पुस २०८०

बुटवल । बुटवलमा पाँचौँ सडक खाना महोत्सव २०८० सुरु भएको छ ।  महोत्सवको शनिबार प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्दै रुपन्देहीको पर्यटनको विकास सहयोग गर्ने बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीको विकास देशकै मोडल भएको बताए । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि व्यवस्थापन जरुरी रहेको उनले बताए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योगमन्त्री सरोज थापाले देशमा भित्रने पर्यटकलाई प्रशासनबाट सडक–सडकमा दिइने हैरानी रोक्न आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सभासद् भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेला महोत्सव भएको बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए। 

होटल तथा रेष्टुरेन्ट व्यवसायि  संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातिको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप