मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कथाकार केसीको ‘सम्बन्धको दोबाटो’ सार्वजनिक

आइतबार, १५ पुस २०८०, १० : ५८
आइतबार, १५ पुस २०८०

कथाकार रवीन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार आयोजित एक कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतम, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् । 

सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागे पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तर्सम्बन्धित रहने बताए । उनले नेपाल प्रहरीका सदस्यहरूले  नेपाली साहित्यमा गर्विलो छाप छोडेको समेत स्मरण गरे ।

उक्त अवसरमा डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेसाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान् र सफल रहेको चर्चा गरे । 

सो कार्यक्रममा कथाकार राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । 

सार्वजनिक गरिएको सो कथासङ्ग्रहका प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप