पृथ्वी गोलो छ भन्ने विश्वास छैन २५ वर्ष मुनीका तीन मध्ये एक अमेरिकीलाई
धेरै वैज्ञानिकहरुलाई निराश बनाउन सक्छ, तर २५ वर्ष मुनिका तीनमा एक जना अमेरिकीहरुले पृथ्वी गोलो छ भन्ने विश्वास गर्दैनन् ।
यो तथ्य भर्खरै युगोभले गरेको अध्ययनले निकालेको निष्कर्ष हो । यसमा १८ देखि २४ वर्षका ६६% अमेरिकीले मात्र पृथ्वी गोलो भएको विश्वास गर्ने गरेको देखियो ।
यो अध्ययनले पृथ्वी चेप्टो छ भन्ने विश्वास उमेर बढेसँगै घट्ने देखाएको छ । ५५ वर्ष र त्यो भन्दा माथिका ९४%ले यो सिद्धान्तमा विश्वास गरेको देखियो ।
साथै अन्य सूचनाहरुमा ८६% पुरुषले पृथ्वी गोलो भएको विश्वास गर्दा ८३% महिलाले यसमा विश्वास गरेको देखियो ।
अध्ययनमा सहभागीहरुको आयले पनि तिनको पृथ्वीको आकारबारेको विश्वासमा नाटकीय असर पारेको देखियो । ४०,००० डलर भन्दा कम आय गर्नेहरुमा ७९ %ले आफूले सधै पृथ्वी गोलो भएको विश्वास गरेको बताए । ८०,००० डलर भन्दा बढी कमाउनेहरुमा भने ९२ %ले यसमा विश्वास गर्ने देखियो ।
अन्तिममा धार्मिक विश्वासले पनि पृथ्वीको आकारबारे मानिसको धारणा बनाउन भुमिका खेल्ने देखियो । पृथ्वी चेप्टो छ भनेर विश्वास गर्ने ५०% ले आफू ‘कट्टर धार्मिक’ रहेको बताए भने १७%ले आफू ‘कुनै हिसाबले धार्मिक नभएको’ बताए ।
परिणामबारे ब्लग लेख्दै युगोभले भनेको छ “पृथ्वी चेप्टो छ भनेर विश्वास गर्ने केहीले पृथ्वीको आकारको प्रमाण धर्मग्रन्थमा पाउने गर्छन् । आधाभन्दा बढी पृथ्वी चेप्टो भन्नेहरुले आफू ‘कट्टर धार्मिक’ भएको बताए । जबकी समग्रमा ८४ % अमेरिकीहरुले आफूले पृथ्वी गोलो हुने बताए । तर कम्तीमा ५ %ले भने पहिले आफूले पृथ्वी गोलो हुने माने पनि हाल यसमा शंका लाग्न थालको बताएका थिए ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ खर्बको मुद्दा र ‘म पनि पर्छु कि’ भन्ने डरले सेयर बजार घट्यो : अर्थमन्त्री
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण