विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर
गुल्मी । गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरुले त्यस्तो योजना बनाएको उनले बताए । बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा निःशुल्क परीक्षण गराइएको थियो । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
विवाहको भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताए । उनले यस्ता सामाजिक कार्यले आउँदो दिन अरुलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गरे । आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताइन् ।
उनले यस्ता प्रकारका पुण्य कामबाट आफूहरुजस्ता धेरैलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनुभन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताए । शिविरमा चार सयभन्दा बढी बिरामी सहभागी थिए । सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आएका थिए ।
त्यसैगरी रेसुङ्गा नगरपालिका–११ राङ्बासका गुणाखर पाण्डेले विवाहमा हुने फजुलखर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका थिए । उनले स्थानीय भगवती मावि र राङ्बास माविलाई रु ५०÷५० हजारको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण