सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्यो ८३ करोड जरिवानाको फैसला
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ । प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा दर्ता गराएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठले गत पुस ४ गते कसुर ठहर गरेका थिए । सोही मुद्दामा सोमबार सजाय निर्धारण गर्दै न्यायाधीशत्रय कुँवर, थापा र श्रेष्ठले जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो ।
विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो । साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ ।
सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । ठाकुरलाई ५ वर्षको जेल सजाय समेत तोकिएको छ ।
नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण