मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेनजीलाई सम्बोधन गरेको फेसबुक भिडियो केही घण्टासम्म भारतमा हेर्न नमिल्ने भएपछि विवाद उत्पन्न भएको छ ।
- फेसबुकको माउ कम्पनी मेटाले प्राविधिक त्रुटिका कारण यो समस्या भएको स्वीकार गर्दै माफी मागेको छ ।
- यस घटनापछि भाजपाले मेटामाथि प्रश्न उठाएको छ र भारत सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको छ ।
नयाँ दिल्ली । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले जेनजीलाई सम्बोधन गरेको फेसबुक भिडियो भारतमा केही घण्टासम्म हेर्न नमिल्ने भएपछि विवाद उत्पन्न भएको छ ।
फेसबुकको माउ कम्पनी मेटाले प्राविधिक त्रुटिका कारण यो समस्या भएको स्वीकार गर्दै माफी मागेको छ । सुरुमा उक्त भिडियोमा ‘कानुनी अनुरोधका कारण यो सामग्री तपाईंको क्षेत्रमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको थियो । यसले भिडियो कुनै सरकारी आदेश वा कानुनी निर्देशनका आधारमा रोकिएको हो कि भन्ने आशंका उत्पन्न गरेको थियो । तर केही घण्टापछि भिडियो पुनः सामान्य रूपमा उपलब्ध गराइयो ।
मेटाका अनुसार भिडियो जानाजानी हटाइएको वा ब्लक गरिएको थिएन । कम्पनीले यसलाई प्राविधिक गडबडीको परिणाम भनेको छ । भिडियो अहिले पनि फेसबुकमा उपलब्ध रहेको र सबै प्रयोगकर्ताले हेर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ । यस घटनापछि भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मेटामाथि प्रश्न उठाएको छ । पार्टीकी प्रवक्ता प्रीति गान्धीले सामाजिक सञ्जालमार्फत भारतका नागरिकले के हेर्ने वा नहेर्ने भन्ने निर्णय गर्ने अधिकार मेटालाई कसले दिएको भन्दै आलोचना गरेकी छिन् ।
यस विषयलाई भारत सरकारले पनि गम्भीर रूपमा लिएको बताइएको छ । समाचारअनुसार सरकारले मेटाका अधिकारीलाई स्पष्टीकरणका लागि बोलाउन सक्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
-
भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
-
इरान युद्धमा अमेरिकी जनसमर्थन घट्यो, अधिकांश भन्छन् ट्रम्पको उद्देश्य अस्पष्ट
-
लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन, तस्बिरमा हेर्नुहोस्
-
मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य
-
रवि लामिछानेको नयाँ राजनीतिक दर्शन : के हो 'सालो पथ' ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण