शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

सोमबार, १६ पुस २०८०, १५ : २७
सोमबार, १६ पुस २०८०

काठमाडौँ । अङ्ग्रेजी क्यालेन्डर अनुसार आज विश्वका विभिन्न मुलुक नयाँ वर्षको उत्सवमा छन् । तर, जापान भने नयाँ वर्षको पहिलो दिन नै दुःखद् घटनाको सामना गर्दैछ ।

जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यस यता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसकेको बताइएको छ ।

भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले सुनामीको चेतावनी जारी गरेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार इशिकावा प्रान्त सुनामीको खतरामा पर्ने आकलन गरिएको छ । यहाँ तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप