४ जना मृतावस्थामा फेला
सोमबार, १६ पुस २०८०, १६ : ५८
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार रूपन्देहीको कञ्चन गाउँपालिका-५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोरखाको गोरखा नगरपालिका-१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका-८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका-२८ रैकर ओदहरेस्थित सडकको नालामा पनि सोही ठाउँ बस्ने २४ वर्षीय कमल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका-५ काटाकुटीस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण