शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

सोमबार, १६ पुस २०८०, १६ : ५८
सोमबार, १६ पुस २०८०

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार रूपन्देहीको कञ्चन गाउँपालिका-५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 
    
यसैगरी गोरखाको गोरखा नगरपालिका-१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका-८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

कास्कीको पोखरा महानगरपालिका-२८ रैकर ओदहरेस्थित सडकको नालामा पनि सोही ठाउँ बस्ने २४ वर्षीय कमल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका-५ काटाकुटीस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप