शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

दक्षिण कोरिया: विपक्षी दलका नेतामाथि चक्कु प्रहार

मङ्गलबार, १७ पुस २०८०, ०९ : १०
मङ्गलबार, १७ पुस २०८०

सोल। दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि उनीमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको जनाइएको छ । आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  

ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति युन सुक येओलसँग थोरै मतान्तरले हारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप