आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट

मङ्गलबार, १७ पुस २०८०, १७ : ३८
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ । 

यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध गरेको छ । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप